पोखरामा अनुमति बिना ड्रोन उडाउने एक चिनियाँ नागरिक पक्राउ

पोखरामा अनुमति बिना ड्रोन उडाउने एक चिनियाँ नागरिक पक्राउ

Dron

पोखरा। अनुमति बिना ड्रोन उडाइरहेको अवस्थामा प्रहरीले एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।

पोखरा महानगरपालिका -१ टुडिखेल मैदानमा अनुमति बिना ड्रोन उडाएर भिडियो कैद गरिरहेको अवस्थामा प्रहरीले चिनियाँ नागरिकलाई ड्रोन सहित नियन्त्रणमा लिएको हो।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार बुधबार बिहान अन्दाजी ८ :१० बजेको समयमा उक्त स्थानमा ड्रोन उडाइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चिनियाँ नागरिक २५ वर्षीय चेन देङ सेङलाई डिजेआई कम्पनीको ड्रोन सहित नियन्त्रणमा लिएको हो।

हाल उनलाई अनुसन्धानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण शाखा पोखरा पठाइएको प्रवक्ता विकले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds