आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

jestha nagarik

पोखरा । आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ भन्ने राष्ट्रिय मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

मुलुकमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दिनको अवसरमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।
राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा आज महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले विशेष कार्यक्रम गर्दैछ ।

मन्त्रालयले जेष्ठनागरिकका पक्षमा काम गर्ने व्यक्ति र संस्थालाई सम्मान एवं पुरस्कार वितरण गर्न लागेको हो ।

दिवसको अवसरमा यसवर्ष ज्येष्ठ नागरिकका पक्षमा उल्लेखनीय कार्य गरेको भन्दै व्यक्तितर्फ नेपाली साहित्यमा चट्याङ मास्टरका नामले परिचित कृष्ण मुरारी गौतमलाई ‘ज्येष्ठ नागरिक वर्ष पुरुष’ घोषणा गरी नगद एक लाखसहित सम्मान गर्दैछ भने संस्थातर्फ यो वर्ष महिला तथा वृद्ध सेवा केन्द्र, कञ्चनपुरलाई सम्मान गर्ने जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ