पोखराको पर्स्याङमा गएराति भयानक सवारी दुर्घटना गराउने कार चालक आफै प्रहरीको सम्पर्कमा आएको कास्की प्रहरीले जनाएको छ ।
फराकिलो सडकमा नियन्त्रणमै लिन नसक्ने गरी निकै तीव्र गतिमा कार चलाएर दुई युवक मार्ने व्यक्ति कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं. २ खादरजुङ्ग घर भएका ३२ वर्षका भक्तराम गुरुङ रहेको खुलेको छ ।
घटनापश्चात् गुरुङ फरार भएका थिए । आज राति ९ः२५ बजे आफै वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएको कास्की प्रहरीले जानकारी दिएको हो । दुई पैदलयात्री ठक्कर दिएपछि कार रुख ढाल्दै घरको फार्मेसी रहेको सटरमा गएर ठोक्किएको थियो । कार नै ९० डिग्रीमा कोल्टिएको थियो । त्यति ठूलो दुर्घटना गराएका गुरुङले कारमै फोन छाडेर फरार भएका थिए ।
गए राति १२ बजेर ५१ मिनेटको समयमा पोखरा वडा नं. ५ प्रस्याङ स्थित सिद्धार्थ बैंक अगाडि बागलुङ बसपार्कबाट जिरो कि.मी. तर्फ जादैँ गरेको बा १३ च ३७२१ नं. को कारले पैदल यात्रीलाई ठक्कर दिएको थियो । उक्त कार गुरुङले भाडामा लिएको बुझिएको छ । उनी सिंगापुरे पुलिस रहेको बताइन्छ ।
मृतकमध्ये एक जनाको अझै पहिचान खुलेको छैन । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । अर्का मृतक बाग्लुङ ढोरपाटन नगरपालिका ६ घर भई हाल पोखरा नदीपुर बस्ने बर्ष २० को ढालेन्द्र छन्त्याल रहेका छन् ।
ढालेन्द्रका सालो नाता पर्ने लालबहादुर छन्त्यालका अनुसार तीन जना नदिपुरबाट लेकसाइडतर्फ क्रिसमस ईभ रमाइलो हेर्न भनी हिँडेर जाँदै थिए । बाग्लुङ बसपार्कमा आइपुग्दा अर्का एक युवकले चुरोट सल्काउन भन्दै लाइटर मागे । उनीहरुसँग लाइटर थिएन । त्यसपछि गफ गर्दै जिरोकिमि तर्फ अघि बढे । लालबहादुर र अर्का भिनाजु पर्ने प्रशान्त छन्त्याल १० मिटर जति अघि थिए । ढालेन्द्र र लाइटर माग्ने युवक पछि पछि गफिँदै हिँडिरहेका थिए । त्यसैबेला पछाडिबाट बुलेट ट्रेन जस्तो गतिमा आएको कारले ठक्कर दिएको सीसीक्यामेरा फुटेजमा देखिन्छ ।

दुर्घटनापश्चात् वडा प्रहरी कार्यालय बैदामबाट डीएसपी राजेन्द्र श्रेष्ठको कमाण्डमा १५ जनाको टोली खटिएर अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने