नक्कली खाता बनाएर फेसबुक मार्फत् ब्ल्याकमेल गर्ने तीन युवकलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये एक जना पोखराका रहेका छन् ।
उनीहरु चितवनको कृषि तथा बन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले पुष्टि गरेको छ । माओवादी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विभिन्न कमिटिमा रहेका उनीहरुले अश्लिल भिडियो बनाएर सार्वजनिक गरिदिन्छु भनेर धम्काउने र रकम माग्ने गरेका थिए ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ का २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर नगरपालिका १३ घर भएका २० वर्षका प्रवेश रिमाल र सिराहाको लाहान नगरपालिका १ घर भएका १९ वर्षका युनिक सिंह रहेका छन् ।
पक्राउ पर्ने युनिक सिंह र प्रवेश सिंह अखिल क्रान्तिकारी विश्वविद्यालय कमिटिको कार्यसमिति सदस्य हुन् । यस्तै, पक्राउ परेका अनुराग घिमिरे माओवादी निकटका विद्यार्थीले चलाएको ग्रुप अफ एग्रीकल्चर एण्ड भेटेरिनरी विद्यार्थी (जीएभिएस) का सदस्य छन् ।
उनीहरुले फेसबुकमा महिलाको फेक आइडी बनाई महिलाकै आवाज निकालेर च्याट गर्ने, अश्लील भिडियो पठाउने गर्दै चितवनका दुई पुरुष र कास्कीका एक महिलासँग फिरौती रकम मागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
उनका अनुसार उनीहरुको भिडियो कल रेकर्ड र फिरौती रकम मागेको प्रकृति हेर्दा समूहमा अरु पनि सहभागी हुनसक्ने आशंका रहेको छ । उनीहरुले कसैसँग दुई, कसैसँग चार लाख रुपियाँ रकम मागेका थिए ।
उक्त रकम नदिए भिडियो सार्वजनिक गर्ने धम्की दिएका फोन रेकर्ड रहेको डिएसपी पण्डितले जानकारी दिए । उनीहरु तीनै जनालाई कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट फिरौती लिएको ७६ हजार रुपियाँ र ४ थान मोबाइल सेट पनि बरामद गरिएको डिएसपी पण्डितले जानकारी दिएको चितवन आजले समाचार प्रकाशन गरेको छ ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो