पर्यटनमन्त्री सुदन किराँती विरुद्ध नेवि संघ नै सडकमा

विरोध

पर्यटनमन्त्री सुदन किराँती विरुद्ध नेवि संघ नै सडकमा

प्रहरीसँग झडप हुँदा नेविसंघ जनप्रिय क्याम्पसका नेता डेक पुन घाइते

dek pun

पाेखरा । संस्कृति, पर्यटन तथा नागिरक उड्डयनमन्त्री सुदन किराँती विरुद्ध सत्ता साझेदार नेपाली काँग्रेसकाे विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नै सडकमा उत्रेकाे छ ।

मन्त्री किराँतीले धर्मका बारेमा गैरजिम्मेवार अभिव्यक्तिको विरुद्ध मन्त्रीलाई पद मुक्त गर्नुपर्ने मागसहित नेविसंघले साेमबार नेविसंघले पृथ्वीनारायण क्याम्प गेट अगाडि नारा जुलुस गरेकाे थियाे ।

प्रहरीसँगकाे झडपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) गण्डकीका नेता घाइते भए  । आन्दोलनको क्रममा प्रहरीसँग भएको झडपमा नेविसंघ जनप्रिय क्याम्पसका नेता नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका अध्यक्ष डेक पुन घाइते भएका हुन् ।

पुनलाइ गण्डकी मेडिकल कलेज पोखरामा उपचार गरिएको छ । निरन्तर आन्दोलन अगाडि बढाउने नेविसंघका नेताहरूले बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ