तनहुँमा जीप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते

तनहुँमा जीप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते

Jeep

फाइल तस्वीर

तनहुँ । तनहुँमा जिप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन्।

मंगलबार बिहान ४ बजे आबुखैरेनी गाउँपालिका –४ पावर हावस स्थित पृथ्वी राजमार्ग सडक खण्डमा आबुखैरेनी तर्फबाट मुग्लिङ तर्फ जाँदै गरेको बा १७ च ७९६० नम्बरको बोलेरो जीप सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परी घाइते हुनेहरूमा जिप चालक कैलालीको धनगढी नगरपालिका –४ बस्ने वर्ष २७ को दयाराम राना, सुर्खेत वीरेन्द्र नगरपालिका –६ बस्ने वर्ष २८ को थानेश्वर भट्टराई सोही नगरपालिकाको –९ बस्ने वर्ष २८ को निबस खत्री, दार्चुलाको महाकाली नगरपालिका –५ बस्ने वर्ष २४ को राकेश भट्ट र कैलालीको गोदाबारी नगरपालिका –३ बस्ने वर्ष ३० को खगेन्द्रराज पनेरु रहेका छन्।

घाइतेहरुमध्ये पनेरुलाई थप उपचारको लागि पुरानो मेडिकल भरतपुर, चितवनमा पठाइएको र अन्य चार जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ