पोखरा महानगरपालिका वडा नं. १४ अनुपमटोल, चाउथेमा अवस्थित पोखरा पब्लिक स्कुलले आफ्नो स्थापनाकालको २९ औँ वार्षिकउत्सव यहि पौष १० र ११ गते दुई दिन विविध कार्यक्रमहरुको आयोजना गरि मनाउँदै छ ।
यस अन्तर्गत पहिलो दिन, पौष १० गते, मङ्गलबार विद्यालयमा आयोजना हुने बृहत शैक्षिक प्रर्दशनीमा बालसुलभ ढङ्गले विद्याथीहरुद्वारा निर्मित विज्ञान, गणित, सामाजिक, कम्प्युटर लगायत विभिन्न विषयअन्र्तगतका शैक्षिक सामग्रीहरु प्रदर्शन गरिँदैछ ।
दोस्रो दिन ११ गते, बुधबार सम्पन्न हुने २९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसमा २०७९ सालको एस.इ.इ परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याएका एक जना विद्यार्थीलाई रु पच्चिस हजार नगद र चादीको पदकले सम्मान गर्ने, सो परीक्षा र कक्षा १२ एस.एल.सी परिक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरु, उत्कृष्ट शिक्षक र अनुशासन, सहकार्य आदिमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिने कु्रा विद्यालयका संस्थापक प्राचार्य कृष्ण के.सी ले जानकारी दिए ।
विविध सांस्कृतिक समारोह सहित सम्पन्न हुने सो कार्यक्रममा लोकनृत्य, प्रत्क्षय गायन, सांस्कृतिक भेषभुषा आदिको तयारी पूरा भएको जानकारी विद्यालयका संगित शिक्षक सुनिल थापाले दिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्य वसन्तप्रसाद पराजुलीले कार्यक्रमको भव्य सफलताको शुभकामना दिएका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने