पोखरा महानगरपालिका, नगर युवा परिषद्को उपाध्यक्षमा सन्तोष न्यौपाने नियुक्त भएका छन् ।
पोखरा महानगरपालिका प्रमुखस्तरीय निर्णय अनुसार नगर युवा परिषद् सञ्चालन कार्यविधि, २०७५ (प्रथम संशोधन) को दफा ३ ख बमोजिम न्यौपानेलाई उपाध्यक्ष पदमा नियुक्त गरिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिएका छन् ।
नगर युवा परिषद्का नवनियुक्त उपाध्यक्ष न्यौपानेले महानगरपालिका भित्रका युवाहरुको हक, हित र अधिकार संरक्षण एवं सम्वर्द्धनका साथै युवाहरुको ज्ञान, सीप र क्षमतालाई उपयोग गर्न लागिपर्ने बताए ।
उपाध्यक्ष न्यौपाने बिद्यार्थी आन्दोलनबाट खारिएर आएका क्षमता र शैक्षिक योग्यताले पूर्ण युवा हुन् । त्रिवि अन्तर्गतको पृथ्वीनारायण क्याम्पसबाट राजनीति शास्त्रमा स्नातकोत्तर उनले जनसम्पर्क विषयमा पनि स्नातकोत्तर गरेका छन् । कानुनतर्फ एलएलबी गरेका न्यौपानेले विज्ञान संकायमा स्नातक पूरा गरेका छन् ।
पहिलो पाइला नेपाल पोखरा, नमस्ते नेपाल पोखरा शाखा र युथ थिंकर सोसाइटीका संस्थापक सदस्य न्यौपाने अन्य साहित्यिक र सामाजिक संघसंस्थामा क्रियाशील रही अनुभव लिएका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने