पोखरा । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को गण्डकी प्रदेश अध्यक्षमा गोरखाका प्रविन श्रेष्ठ चयन भएका छन् ।
पोखरामा भएको प्रथम अधिवेशनले श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा कास्कीका सुशन घिमिरे र स्याङ्जाका विश्वदर्शन पराजुली चयन भएका छन् । सचिवमा नवलपुरका सुरज सापकोटा, सहसचिवमा डिएन (दुर्गानाथ) लामिछाने, स्वीकार पोखरेल, अनिल कुँवर र महिलातर्फ कृति भट्टराई चयन भए । कोषाध्यक्षमा विक्रम क्षेत्री चयन भएका छन् ।
अध्यक्षमा तनहुँका आरके पोखरेलको पनि दाबी थियो । तर, श्रेष्ठ केन्द्रमा एमाले महासचिव शंकर पोखरेल निकट भएका कारण उनको विरुद्धमा कसैले पनि दाबी नगरेका विद्यार्थी नेताहरू बताउँछन् ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते