लागु औषधसहित पोखरामा २ जना पक्राउ

लागुऔषध कारोबार

लागु औषधसहित पोखरामा २ जना पक्राउ

2 pakraaau

पोखरा । कास्की प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । शनिबार राति पोखरा–३२ लामेआहालबाट गाँजासहित १ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१ घरभइ लामेआहाल बस्ने २६ वर्षीय डेमन्सबहादुर गुरुङ रहेका छन् ।

उनको साथबाट साढे २ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

यस्तै शुक्रबार साँझ पोखरा–२६ सिस्नेरीका २९ बर्षीय राजु भुजेल पक्राउ परेका थिए । उनको साथबाट डाइजापाम, फेनरागन र नुर्फिन १२/ १२ एम्पुल बरामद भएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर लागु औषध मुद्वामा अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ