पोखरा । धादिङ–पोखरा सम्पर्क समाजको २५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा उद्योगा वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले धादिङ समाजलाई आफूले निकै नजिकबाट नियालिरहेको भन्दै समाजको कामको प्रशंसा गरे ।
उनले समाजले गर्ने प्रत्येक महत्वपूर्ण काममा आफ्नो र पोखरा उद्योग वाणिज्य संघको साथ रहने प्रतिवद्धता जनाए । धादिङ विशेषगरि कृषिबाट परिचित रहेको र धादिङवासी पनि निकै मेहनति भएको भन्दै उनले पोखरामा रहेर पनि कृषिलाई प्राथमिकता दिन आग्रह गरे ।
पोखरालाई पोखरा बनाउनका लागि धादिङवासीको महत्वपूर्ण योगदान रहेको अध्यक्ष प्रजापतिले चर्चा गरे ।

अर्घाखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष दधिराम खनालले धादिङ समाज निकै ठूलो सामाजिक संस्था भएको भन्दै यस समाजबाट अन्य समाजले पनि शिक्षा दिन सक्नुपर्ने बताए ।
समाज स्थापनाका तदर्थ समिति अध्यक्ष नवराज दुवाडीले निकै कष्टका साथ स्थापित समाज आज यो स्थानसम्म आइपुग्दा गर्वले छाती चौडा भएको बताए । उनले आगामी दिनमा पनि तेरो र मेरो, यो पार्टी र त्यो पार्टी नभनि समाजलाई अझै गतिशील बनाएर अघि बढाउन सुझाव दिए ।
अन्तर समाज महासंघ राष्ट्रिय समिति नेपालका कोषाध्यक्ष युगमराज अगस्तीले धादिङ समाजले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको भन्दै प्रशंसा गरे ।

धादिङ नीलकण्ठ नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण रम्तेलले पोखरामा कर्मथलो बनाएका धादिङवासीले सामाजिक क्षेत्रमा निकै ठूलो योगदान दिएको आफूले पाएको बताए । एक जिल्लावासीको पीडामा अर्कोले साथ दिनु निकै पूण्य मिल्ने कार्य भएको भन्दै यसबाट जिल्लामा क्रियाशील संस्था संघसंस्थाले पाठ सिक्नुपर्ने खाँचो औंल्याए ।
धादिङ त्रिपुरा बाराही महिला समूहका अध्यक्ष बबीता मल्लले धादिङ समाजले सामाजिक क्षेत्र र जिल्लावासीको दुःख, सुखमा निकै धेरै योगदान दिएको भन्दै अबका दिनमा महिलाका लागि पनि केही कार्यक्रम ल्याइदिन आग्रह गरिन् ।

समाजका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार रामकृष्ण दुवाडी, धादिङ–पोखरा सम्पर्क समाज ज्वालामुखी गाउँपालिका इकाइ अध्यक्ष सरोज कुँवर, धादिङ–पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारी, समाजका वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठ सरु, कार्यक्रम संयोजक दिनेश तुलाधर र महासचिव हरि पन्त लगायतले बोलेका थिए ।
साधारणसभामा महासचिव पन्तद्वारा प्रस्तुत वार्षिक कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष सुरेन्द्र विकद्वारा प्रस्तुत आयाव्यय प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो