मावि शिक्षकमा जागिर खुल्यो

मावि शिक्षकमा जागिर खुल्यो

Teacher

पोखरा । शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदको विज्ञापन खुलाएको छ। आयोगले आज आइतबार जारी गरेको विज्ञापनअनुसार ४३६ जना शिक्षकको लागि विज्ञापन सार्वजनिक भएको छ।

आयोगले सातै प्रदेशमा गरेर नेपाली विषयको लागि ६७ जना, अंग्रेजी विषयको लागि ७९ जना, गणित विषयको लागि ८५ जना शिक्षक माग गरेको छ। विज्ञापन विषयमा १ सय २४ जना, सामाजिक विषयमा ५३ जना, अर्थशास्त्र विषयमा ७ जना शिक्षक माग गरेको हो।

यस्तै, कार्यालय सञ्चालन तथा लेखा विषयमा १५ जना, संस्कृत व्याकरणमा ३, कम्युटर विज्ञान विषयको लागि ३ जना शिक्षक माग गरिएको विज्ञापनमा उल्लेख छ।

उक्त पदमा दरखास्त दिन चाहनेका लागि आजदेखि माघ ८ गतेसम्म नियमित दस्तुर तिरेर फारम भर्न सकिने र त्यसपछि माघ १५ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने छ ।

यस्तै, लिखित परीक्षा आगामी चैत ३ गते १ बजेदेखि सञ्चालन हुने आयोगले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ