पोखरा महानगर स्तरिय रनिङ शिल्ड तथा मेयर कप खेलकुद आइतबारदेखि

पोखरा महानगर स्तरिय रनिङ शिल्ड तथा मेयर कप खेलकुद आइतबारदेखि

६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि ३ हजार २ सय विद्यार्थीबीच प्रतिस्पर्धा

running sheild press meet

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू हुँदैछ । पोखरा रंगशालामा हुने चार विधाअन्तर्गतका विभिन्न खेलमा २ सय ३६ पदकका लागि ३ हजार २ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने खेलकुद विका समिति अध्यक्ष दीपक गोदारले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि १ सय १० विद्यालयको प्रतिस्पर्धा हुनेछ ।

भलिबल छात्र÷छात्रा, कबड्डी छात्र÷छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल अध्यक्ष गोदारले बताए । भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश; २० हजार, १५ हजार र १० हजार रुपैयाँ, कबड्डीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश; १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । छात्र र छात्रा दुवैतर्फका विजेतालाई समान पुरस्कार प्रदान गरिने छ ।

एथ्लेटिक्स एकल छात्र—छात्रामा ११ जनाले ३÷३ हजार, त्यसपछिका ११ जनाले २÷२ हजार र बाँकी ११ जनाले १÷१ हजार पाउने छन् । कराते, उसु र मार्सल आर्टस्मा १२ जनाले ३÷३ हजार, त्यसपछिका १२ जनाले २÷२ हजार र बाँकी १२ जनाले १÷१ हजार पाउने छन् । अन्य विधाका खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

एक विद्यालयबाट टिम खेलमा (भलिबल र कबड्डी) एक टिम र एकल खेल (एथ्लेटिक्स र मार्सल आर्ट) मा एक इभेन्ट÷तौल समुहमा एक÷एक जना खेलाडी सहभागी गराउन पाइने नियम छ । एक जना खेलाडी एक खेलमा मात्रै सहभागी हुन पाउने छन् तथा एथ्लेटिक्स इभेन्ट्सका प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्र्याक वा दुई फिल्ड एक ट्रयाक इभेन्टमा भाग लिन पाउँछन् ।

पुरस्कार, अफिसियलसहित यो प्रतियोगिता सम्पन्न गर्न सबै गरेर २३ लाख रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले आइतबार बिहान १० बजे गर्ने छन् । प्रतियोगिताको उद्घाटन समारोहमा मार्च पास हुनेछ । उत्कृष्ट मार्च पास गर्ने तीन विद्यालयलाई क्रमश; १२ हजार, ९ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । पहिलो दिन एथ्लेटिक्स, भलिबल र कबड्डी हुने सदस्य सचिव खड्काले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलाडी उत्पादनको मुख्य स्रोत विद्यालय भएको र यो प्रतियोगिताले राम्रा खेलाडीको पहिचानमा सहयोग पुग्ने बताए । उनले प्रदेशभरका पालिकामध्ये गत वर्ष पोखरा महानगरपालिकाको टिम उत्कृष्ट बनेको र त्यसलाई निरन्तरता दिन आफूहरूले सक्दो प्रयास गरिरहेको बताए । गत वर्ष फागुनमा भएको कास्की जिल्लास्तरीय रनिङ शिल्डमा पोखरा २८ स्वर्ण, १० रजत र छ कास्य गरी ४४ पदकसहित च्याम्पियन बनेको थियो । पछि त्यहाँबाट छनोट भएका खेलाडी सहभागी भएर बनेको कास्कीको टिम प्रदेशस्तरीय रनिङ शिल्ड च्याम्पियन बनेको थियो ।

महानगरका शिक्षा अधिकृत सोम सुवेदीले निजीभन्दा पनि पोखराका सरकारी विद्यालयको प्रदर्शन सुधारिँदो रहेको सुनाए । उनले शिक्षासँगै खेल आवश्यक रहेकाले त्यसमा महानगरपालिकाले आफ्नो बजेटले भ्याएसम्म लगानी गरिरहेको बताए ।

गत वर्षको पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य गरेर १३ पदकसहित टप्स मावि च्याम्पियन बनेको थियो । सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित २० पदक गरेर सैनिक द्वितीय र शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित १३ पदक पाएर तृतीय भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ