पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ ।
पोखरास्थित अमरसिंहचौरमा सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले मकैको खोया प्रहार गरेका हुन् । खोया प्रहार गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
३३ वर्षीय रानाभाट लमजुङको साविक तार्कुघाट नगरपालिका-२ (हाल राइनास नगरपालिका-८) घर भई चिप्लेढुंगामा बस्दै आएका छन् ।
प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको प्रतिक्रिया दिएको छ । कार्यकर्ताले भने ढुंगा हानेको भनेर आक्रमण गरे ।
हाल रानाभाट जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी नियन्त्रणमा रहेका छन् ।
मलाई खोया हान्नेलाई फूलको थुंगा दिएर घर पुर्याउनूः रवि
रास्वपा अध्यक्ष रवि लामिछानेले भने सभालाई सम्बोधन गर्ने क्रममा आफूलाई प्रहार गर्ने पात्रलाई फूलको थुंगा दिएर घर पुर्याउन भनेका छन् । आफूमाथि जस्तोसुकै आक्रमण भएपनि आफ्नो अभियान जारी रहने उनले बताए ।
रबि तनहुँ, स्याङ्जामा कार्यक्रममा सहभागी भएर कास्की आएका हुन् । आजै शनिबार पोखराको जिरो किमिमा प्रदेश कार्यालय उद्घाटन गरी माछापुच्छ्रे गाउँपालिकास्थित महेन्द्र माविमा भेलामा सहभागी भए ।
Video Credit: HB Tamrakar Facebook
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने