फोटोग्राफी व्यवसाय सञ्चालन विषयमा ठगी गरेको भनी १५ जनाको जाहेरी परेपछि पक्राउ परेका पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं.६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई तथा फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले दुई साता अघि चार जनालाई पक्राउ गरेको थियो ।
पोखरा, लेकसाईड खहरे बस्ने वडा सदस्य वर्ष ४२ को दिपेन्द्र पहारी, उम्मेदवार बनेर पराजित भएका बैदाम बस्ने वर्ष ४१ का विकास पहारी, वर्ष २२ को प्रवीन विश्वकर्मा र वर्ष २४ को अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बरालसमेतलाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरी कास्की जिल्ला अदालतमा मुद्दा पेश हुँदा चारै जना पुर्पक्षको लागि कारागार चलान भएको कास्की प्रहरीले जानकारी दिएको हो ।
फेवा किनारका फोटोग्राफरसँग मासिक प्रतिव्यक्ति साढे १३ हजार उठाएर आफ्नो नाममा फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको भन्ने पीडितको जाहेरी आधारमा पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए ।
सम्बन्धित समाचारः
पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जना पक्राउ
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो