धनुषामा हिरासतमै एकजनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त, प्रहरीको गोलीबाट एक घाइते

धनुषामा हिरासतमै एकजनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त, प्रहरीको गोलीबाट एक घाइते

dhanusa-prahari

धनुषा । धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु भएको छ।

हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका स्थानीय दीपनारायण मण्डलको गए राति मृत्यु भएको हो।

प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशित समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।

भिडलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

त्यस क्रममा गोली लागेर एकजना घाइते भएका छन् । स्थानीय शंकर मण्डल घाइते भएका हुन् । उनको एउटा हातमा गोली लागेको छ। उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश सक्सेनाका अनुसार छिमेकीसँग झै–झगडा हुँदा दिपनारायणलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

विपक्षीले इलाका प्रहरी कार्यालयका प्रमुख बालमुकुन्द ठाकुरलाई ‘पैसा खुवाएर’ निर्घात कुट्न लगाउँदा दीपनरायणको मृत्यु भएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ