पोखरामा पहिलोपटक बोल्डरिङ प्रतियोगिता: रोनक र स्वस्तिकालाई उपाधि

पोखरामा पहिलोपटक बोल्डरिङ प्रतियोगिता: रोनक र स्वस्तिकालाई उपाधि

Boledringg

पोखरा लेकसाइडमा सम्पन्न ओपन वाल बोल्डरिङ प्रतियोगिताको उपाधि पुरुषतर्फ रोनक उप्रेती र महिलातर्फ स्वस्तिका चौधरीले जितेका छन् ।

गण्डकी प्रदेश क्लाइम्विङ स्पोर्टस एसोसियसनको समन्वयमा वेष्ट स्पोर्टस् इन्डोर हबले पहिलो पटक आयोजना गरेको उक्त प्रतियोगितामा रोनक र स्वस्तिका विजेता बनेका हुन् । पुरुषतर्फ सुलभ राई दोश्रो र साजन लामा तेश्रो भए ।

प्रतियोगितामा महिलातर्फ मारिका पोलाक दोश्रो हुँदा छोले रोग्स्वी तेश्रो स्थान प्राप्त गर्न सफल भइन् । विजेता खेलाडीहरुलाई आकर्षक खेल सामाग्री सहितको पुरस्कार एवं प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगिता संयोजक एसोसियसनका सहसचिव एवं वेष्ट स्पोर्टस् इन्डोर हबका सञ्चालक सिद्धार्थ केसीले पोखरामा यस प्रतियोगिता पहिलोपटक गरिएको जनाए ।

उक्त प्रतियोगितालाई निरन्तरमा दिने तयारीसंगै खेलाडी उत्पादनमा समेत अघि बढ्ने योजना रहेको गण्डकी प्रदेश क्लाइम्विङ स्पोर्टस एसोसियसनका सचिव मनशान्त घिमिरेले जनाएका छन् । उनले भने–“सिरिजमा पहिलो पटक यो प्रतियोगिता आयोजना गरेका हौं । त्यसैले पनि यसको महत्व छुट्टै छ । हामी अव ६ महिना पछि यसको दोश्रो सिरिजको तयारी गर्ने छौं ।”

प्रतियोगितामा महिला र पुरुष खेलाडीहरु गरी १७ जनाको सहभागिता रहेको गण्डकी प्रदेश क्लाइम्विङ स्पोर्टस एसोसियसनका अध्यक्ष शेषकान्त शर्माले बताए । उनले भने–“पोखरालाई सहाशिक खेलकुदको गन्तव्य बनाउन यो खेल महत्वपूर्ण छ । धेरै यूवाहरुको आकर्षणको खेल भएकोले पनि यो खेलले पोखराको पहिचान बनाउन भूमिका खेल्नेछ ।”

यस खेलका विज्ञ सुनारा बहादुर गुरुङले यो खेलको विकास स्थानिय तहबाट गर्न सके खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए ।

  • पोखरा स्पोर्टस्

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ