पोखरा । नेपालका प्रतिष्ठित जुत्ता उत्पादक कम्पनीहरुले पोखराको सिद्धार्थचोकमा आफ्नै संयुक्त आउटलेट शोरुम सञ्चालनमा ल्याएका छन् । हालै सञ्चालनमा आएको ‘फुटवयर जोन’ सिद्धार्थचोकमा कम्पनीहरुले ‘फुटवयर जोन एक्स्चेन्ज अफर’ सार्वजनिक गरेका छन् ।
पुस २ गतेदेखि लागु भएको यो अफर पोखराको लागि अत्यन्त नयाँ रहेको सञ्चालक रामकृष्ण प्रसाईंले बताए । अफर अन्तर्गत कुनैपनि लेडिज जुत्ता चप्पल रु. एक हजारसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान हुनेछ । कुनैपनि पुरानो लेडिज जुत्ता चप्पल ल्याई रु. एक हजारदेखि माथिको लेडिज जुत्ता चप्पल खरिद गर्दा पुरानो जुत्ताको ३ सय रुपैयाँ मूल्यांकन गरि नयाँ जुत्ताको रकमबाट घटाइने छ ।
कुनैपनि जेन्स जुत्ताको खरिद गर्दा १५ सयसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान हुनेछ । कुनैपनि जेन्स जुत्ता चप्पलको १५ सय भन्दा माथिको किनमेल गर्दा पुरानो जुत्ता ल्याइ साटेमा पुरानो जुत्ताको मूल्य ५ सय रुपैयाँ मूल्यांकन गरि नयाँ जुत्ता किन्दा घटाइने छ र थप १० प्रतिशत नगद छुट पनि प्रदान गरिने बताइएको छ । यो अफर एकजोर नयाँ जुत्ता किन्दा एक जोर पुरानो जुत्ताको मात्र मुल्यांकन गरिने प्रसाईंले जानकारी दिए ।
यो फ्याट्री आउट लेटमा नेपालमै उत्पादित १० कम्पनीका ३० ब्राण्डका ३ हजार भन्दा धेरै मोडलमा लेडिज, जेन्स बच्चा सबै उमेर र वर्गलाई आवश्यक जुत्ता चप्पल एउटै छानामुनी उपलब्ध रहेको प्रसाईं बताउँछन् ।
‘यो फ्याट्री आउट लेट संचालन भएपछि उपभोक्तालाई अत्यन्त सुलभ मूल्यमा गुणस्तरीय जुत्ता चप्पलहरु एउटै छानामुनि उपलब्ध भइरहेको छ,’ उनले भने, ‘एक्स्चेन्ज अफरबाट धेरै ग्राहक लाभान्वित हुनेमा हामी विश्वस्त छौं । घरमा पुराना फाल्ने तयारीमा रहेका जुत्ता चप्पलले पनि मूल्य पाउनेछ ।’
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने