पोखरा । पोखरा महानगरपालिका –१६ ले किसानलाई लक्षित गरी विभिन्न उन्नत जातका तरकारीका बेर्ना उत्पादन गर्न थालेको छ ।
पाखरा १६ महेन्द्र गुफा र घार्मिखोलाका महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले कृषि शहकारि मार्फत बेर्ना उत्पादन प्रकिया थालेको हो ।
महेन्द्र गुफाको नयाँ किरण कृषि शहकारी संस्था तथा ग्रिनभ्यालि शहकारीका महिला सदस्यलाई बेर्ना उत्पादनको लागि हाईब्रिड काँक्रो, घिरौला, करेलाका बिउ वितरण थालिएको महानगर पालिका कृषि सञ्जालले जनाएको छ ।
तरकारिका बेर्ना तयार पार्न प्रत्येक कृषि शहकारी संस्थाका सदस्यहरुलाई बिउ, नर्सरी प्लाष्टिक, हजारि, माटोमा हाल्ने बिषादि तथा तालिम निःशुल्क रुपमा उपलब्ध गराउने वडा नं १६ का जनप्रतिनिधि मन्जु बस्यालले बताइन् । कृषि उत्पादनमा राम्रो सम्भावना भएकोले कृषि उपजमा आत्मनिर्भर बनाउने लक्ष्य वडाले लिएको छ । वडा नंं १६ बासिहरुलाई कृषि बालीमा आत्मनिर्भर बनाउन पालिकाले कृषि क्षेत्रमा लगानी बढाउन थालेको बस्यालले जानकारी दिइन् । सहभागी महिलालाई प्रशिक्षक पुष्पा अञ्जली हमाल तथा दामोदर अधिकारीले प्रशिक्षण दिएका थिए ।
बजारमा तरकारी मूल्यमा निरन्तर वृद्धि भएका कारण किसानको भान्सा महंगो पर्दै गएकाले किसानले आफुलाई आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्न सकुन भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको बताईएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने