पोखरा । गत मंसीर २५ गते पोखराको अर्चलबोटमा फेला पारी प्रहरीलाई बुझाइएको १ लाख नगद सम्बन्धित धनीले बुझिलिएका छन् ।
पोखरा २ अर्चलबोट स्थित भैरवटोल जाने सडकखण्डमा सराङकोटका २३ वर्षीय युवराज थापाले सडकमै १ लाख नगदको बिटो भेटेका थिए । त्यसपछि उनले प्रहरीलाई बुझाएकोमा वडा प्रहरी कार्यालय बगरले अनुसन्धान पश्चात् अर्चलबोटकै ५४ वर्षीय गोपाल सुवेदीलाई बुधबार हस्तान्तरण गरिएको हो ।
युवराजले १ लाख नगद भेटेर प्रहरीलाई बुझाएको सम्बन्धमा गण्डकन्यूजबाट समाचार सार्वजनिक भएको थियो । सुवेदीले प्रहरीको सूचना बमोजिम बगर प्रहरीसँग सम्पर्क गरी उक्त रकम दाबी गरेका हुन् ।
वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीका अनुसार थापाले फेला पारेको उक्त बण्डलमा एनआईसी एशियाको स्टीकर टाँस थियो ।
उनले एनआईसी एशियाको पर्स्याङ शाखाबाट नगद निकालेर अर्चलबोट फर्कँदै गर्दा हराएको भनी दाबी पेश गरेपछि प्रहरीले उनले पेश गरेको अर्धकट्टी सम्बन्धमा बैंकसँग समन्वय गरी आवश्यक अनुसन्धान गरेको इन्स्पेक्टर रेग्मीले गण्डकन्यूलाई बताए ।
आवश्यक परेमा थप अनुसन्धान हुने गरी हाललाई कार्यालयमा राखिएको नगद एक लाख रुपैयाँ गोपाल सुवेदीलाई बुझाइएको उनले जानकारी दिए । रकम फेला पार्ने युवराजलाई नै बोलाएर उनकै रोहवरमा नगद हस्तान्तरण गरिएको थियो । ईमान्दारिताको प्रशंसा स्वरुप इन्स्पेक्टर रेग्मीले युवराजलाई खादा ओढाई सम्मान पनि गरेका थिए ।
सम्बन्धित समाचारः
ईमान्दारिताबाट प्रशंसा पाइरहेका युवराजलाई बधाईको ओइरो
भेटिएको १ लाख तत्काल प्रहरीलाई बुझाउने सराङकोटका युवराजको इमान्दारिताको चर्चा
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने