पोखरा । पोखरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी मावि द्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ अन्तर्गत केही खेलहरु अनौपचारिक रुपमा मंगलबारबाट सुरु भएका छन् ।
बिधालय स्थापनाको २९ औं बार्षिकोत्सबको अवसरमा यहि पौष ५ देखि ७ गते सम्म संचालन हुने स्पोर्टस फेष्ट अन्तर्गत टेनिस र सेभेन ए साइड प्रतियोगिता सुरु भएको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिएका छन् । रानाभाटका अनुसार प्रतियोगिताका केही इभेण्ट मंगलबारबाट सुरु भए पनि औपचारिक उद्घाटन भने पौष ५ गते हुनेछ।
प्रतियोगीताको बारेमा जानकारी दिदै विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटका अनुसार तर्फ छात्रतर्फ सेभेन ए साइड फुटबल र टेनिसतर्फका खेलहरु सुरु भएका छन् ।
प्रतियोगितामा देशभरका ५० विद्यालयहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ । प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई सहभागी हुनेछन् । बास्केटबल र सेभेन ए साइडमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालय तथा टिमले क्रमशः जनही नगद रु ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
विद्यालयस्तरमा आयोजना हुने खेलकुद कार्यक्रम मध्ये यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता समेत हो ।
प्रतियोगितामा टेनिसतर्फ छात्र र छात्रातर्फ १६ वर्षमुनि, १२ वर्षमुनि र ९ वर्षमुनिका खेलहरू समाबेश छन् । टेनिस प्रतियोगितामा समेत पनि आकर्षक पुरस्कार रहेको विद्यालयले जनाएको छ । विद्यार्थीहरूमा शैक्षिक विकासका साथै खेलकुदमार्फत उनीहरूको चौतर्फी विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कुरा विद्यालयका सह प्राचार्य कमल लामिछानेले जानकारी दिएका छन् ।
सेभेन ए साइड फुटबलयसै विच ‘फिस्टेल स्पोर्टस् फेस्ट’को पहिलो दिन सेभेन ए साइड फुटबलमा ६ विद्यालयहरुले पहिलो चरण पार गरेका छन् ।
मङ्गलबार भएका खेलहरूमा अक्सफोर्ड र शान्तिनिकुञ्ज स्कुलबिच भएको खेलमा टाई ब्रेकरमा ३–२ गोलसहित शान्तिनिकुञ्ज स्कुलले जित हासिल गरेको छ । यसैगरी दोस्रो खेलमा बालकल्याण र युनिभर्स स्कुलबिच भएको खेलमा २–० गोलसहित बालकल्याण स्कुल अगाडि बढ्दा विन्ध्येश्वरीले कालिकालाई ४–० ले पराजित गरि आफ्नो यात्रा सुरक्षित राखेको छ ।
शिशुकल्याण र बालोदयबिच भएको खेलमा बराबरी ४–४ गोल भएपछि टाई ब्रेकरबाट ३–२ गोलसहित शिशुकल्याणले स्थान सुरक्षित गरेको छ ।
टेनिसयसैगरी १४ वर्षमुनिको लन टेनिसतर्फ भएका पहिलो चरणका खेलमा गण्डकी बोर्डिङ स्कुलका प्रफुल श्रेष्ठले फिस्टेल एकेडेमीका प्रसिद्ध पराजुलीलाई ६–०, ६–१ को सोझो सेटले पराजित गरी आफ्नो यात्रा सुरक्षित राखे ।
यस्तै १२ वर्षमुनिको दोस्रो खेलमा फिस्टेल एकेडेमीका सुवान के.सीले फिस्टेल एकेडेमीकै जेनिश ढकाललाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे । यसैगरी १६ वर्षमुनिको तेस्रो खेलमा फिस्टेल एकेडेमीका सृजन भट्टराईले गण्डकी बोर्डिङ स्कुलका प्रफुल श्रेष्ठलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे ।
बुधबार पनि फुटबलका ६ खेलहरू, बास्केटबल छात्र–छात्रा र टेनिसका विभिन्न खेलहरू सञ्चालन हुने कुरा विद्यालयका सहप्राचार्य कमल लामिछानेले जानकारी गराएका छन् ।
स्पोर्टस फेस्ट अन्तर्गत सेभेन ए साइड फुटबलतर्फ २८ स्कुल सहभागी रहेका छन्।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने