पोखरा । नेपाल सरकारले कुवेतका अमिरको निधनमा शोक मनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार कुवेतका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा आज (सोमबार) शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज देशभरका सरकारी कार्यालयहरू एवम् विदेशमा रहेका नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
कुवेतका अमिरको गएको मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।
‘मित्र राष्ट्र कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको संवत् २०८० साल मंसिर ३० गते (सन् २०२३ डिसेम्बर १६) का दिन ८६ वर्षको उमेरमा भएको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने र स्वर्गीय अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको सम्मानमा मिति २०८० पुस २ गते शोक मनाउने तथा नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८०/०९/०१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने