पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटना, १८ जना घाइते

पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटना, १८ जना घाइते

tanahu bus accc

पोखरा । मुग्लिनबाट पोखरा आउँदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

तनहुँको व्यास नगरपालिका– १२ कमलबारीमा आइतबार बिहान ग २ ख १४५९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार बसले टिपरलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खसेको हो ।

घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षीया असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका २१ वर्षीया सविता सुनार, १९ वर्षीया सविना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षीय प्रदीप गोदार, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्ककी ५० वर्षीया सुमित्रा राई, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ४० वर्षीय सुरन राई छन् ।

त्यस्तै, व्यास नगरपालिका वडा नं २ की ३४ वर्षीया पिल्लीमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं १ की ५२ वर्षीया ज्ञानदेवी श्रेष्ठ र २० वर्षीया स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ का २१ वर्षेीय एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरीका ४१ वर्षीय पूर्णबहादुर गुरुङ, भानु नगरपालिका वडा नं १ साझबोटेका २६ वर्षीया बबिता थापा, ३० वर्षीय नवीन थापा, १२ वर्षीया दुर्गा थापा, सात वर्षीया नविना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सीकी ४० वर्षीया दीपा थापा, व्यास नगरपालिका वडा नं ११ मूलपानीकी ३६ वर्षीया जुनु भट्टराई र आठ वर्षीया पूर्णीमा भट्टराई पनि घाइते भएका छन् ।

घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ