पोखरा । पोखरामा आगामी पुस ९ गते मुवाँथाई च्याम्पियनसिप हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा विश्वमै लोकप्रिय बन्दै गइरहेको मुवाँथाईको खेल पोखरामा हुने भएको हो । मार्सलआर्ट अन्तरगतको मुआथाई व्यवसायीक फाइट हो । उक्त प्रतियोगितामा सहभागि हुने सबै खेलाडीले नगद प्राप्त गर्नेछन् ।
‘क्रिसमस डे’ को अवसर पारेर लेकसाइडमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता रहने छ । प्रतियोगितामा कुल १६ फाइट हुनेछ । प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले दर्शकका लागि निशुल्क रहेको उक्त खेल पर्यटकीय क्षेत्र लेकसाइडमा हुनेछ । ‘यो व्यवसायिक फाइट हो । यहाँ सबै फाइटर छनोट भएर आएका छन् । थुप्रै क्लबहरुले खेलाडी दर्ता गराएपनि हामीले नेपालमा प्रोफेसन रहेको फाइटरहरुलाई मात्र समेटेका छौं’ उनले भने, ‘मुआथाईको प्रचार गर्नु हाम्रो मुख्य उदेश्य हो । अझ यसलाई लेकसाइडमा गर्नु भनेको बाह्य पर्यटकलाई आकर्षित गर्नुपनि हो ।’ विदेशीहरुले फाइट गेम निकै मन पराउने र लेकसाइडमा गर्दा खेलसँगै पर्यटक प्रवद्र्धनमा समेत टेवा पुग्नेछ ।
उनका अनुसार खेलाडीहरुका लागि खाना, बस्न र आवश्यक खेल पोशाकको समेत आयोजकले नै व्यवस्था गर्नेछ । प्रतियोगितामा एमेचर, सेमी प्रो (प्रोफेसनल) र प्रो फाइट (प्रोफेसनल फाइट) गरि तीन विधामा खेल हुनेछन् । वान फाइट सिस्टम अनुसार हुने फाइटमा खेलाडीले एक खेलमात्रै खेल्ने क्षेत्रीले जानकारी दिए । पछिल्लो समय मुवाँथाईको लोकप्रिय विश्वमा बढ्दै गइरहेको छ । नेपालमा मुवाँथाईको व्यवसायिक खेलाडी उत्पादन गर्ने समेत लक्ष्य रहेको छ ।
प्रतियोगितामा खेलाडीहरुको विमा समेत आयोजकले गरेको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघको प्राविधिक सहयोग रहेको छ । कार्यक्रममा विभिन्न व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिहरुको सहयोग रहेको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने