आमरण अनशन बस्न कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेज पुगेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी अनसन नबसी फर्किएका छन्।
विगतमा पटक-पटक भएका सम्झौताहरु सरकारले कार्यान्बयन नगरेको भन्दै कार्यान्बयनको माग राखेर शुक्रबार बेलुकी ५ बजे गेटा मेडिकल कलेज पुगेका डा. केसीलाइ दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका सदस्यहरूले अवरोध गरेपछि उनी अनसन नबसी फर्किएका हुन्।
तीन दिन आमरण अनशन बस्ने घोषणासहित त्यहाँ पुगेका डा. केसीलाई संघर्ष समितिका सदस्यहरुले अनसन बस्न अवरोध गर्दै आफूहरूको माग विश्वविद्यालय भएकाले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने केसीको मागलाई साथ दिन नसक्ने जानकारी दिएका थिए।
डा. केसीलाई संघर्ष समितिका सदस्यहरुले गेटामा प्रवेश गर्न नै नदिए पछि डा. केसी आक्रोशित हुँदै फर्किएको समाचारस्रोतहरुले जानकारी दिएका छन् ।
‘डाक्टर केसीले उठाएका सबै मागमा हाम्रो पनि समर्थन छ तर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय नै भइसकेको अवस्थामा प्रतिष्ठानको विषयलाई लिएर अनशन बस्नु उचित होइन भनेर सम्झाउन खोज्यो तर उहाँले मान्नु भएन’, संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले बताए। डाक्टर केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने भन्ने विषय विज्ञप्तिमा राखेका छन् ।
जबकी गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै स्थापना हुने नीतिगत निर्णय गरिसकिएको अवस्थामा फेरी प्रतिष्ठानको विषयलाई लिएर अनशन बस्नु उचित होइन भन्ने हाम्रो आग्रहलाई डाक्टर केसीले मान्नु भएन र उहाँ फर्किनु भयो, संघर्ष समितिका संयोजक पाण्डेले भने। डाक्टर केसीका सबै विषयप्रति हाम्रो समर्थन छ। मात्र एउटै आग्रह प्रतिष्ठान भन्ने स्थानमा विश्वविद्यालय राखिदिनुहोस् भन्ने मात्र हो, यति भन्दा उहाँ आफै जंगिएर फर्किको संघर्ष समितिको तर्क छ।
डाक्टर केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुगाउनुपर्ने माग अघि सारेका छन्। त्यस्तै यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन भन्ने उनको अर्को माग छ।
सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो