जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु, सहायक हवल्दार घाइते

जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु, सहायक हवल्दार घाइते

police death

साङकेतिक तस्बिर

बाँके । बाँकेमा जिपको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको छ । एक जना सहायक हबल्दार गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मृत्यु हुनेमा रुकुम पश्चिमको मुसीकोट घर भई कोहलपुरमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल वली रहेका छन् ।

यसैगरी बर्दियाको बाँसगढी नगरपालिका ५ घर भई कोहलपुरमा कार्यरत ३२ वर्षीय प्रहरी सहायक हबल्दार लालबहादुर बुढा क्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको छ ।

गए राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका ३ मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई भे १ च ३४०७ नम्बरको बोलेरो जिपले ठक्कर दिएको हो ।

जिपको ठक्करबाट वलीको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिएर फरार भएका जिपमा चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ