कास्कीको माछापुच्छ्रे गाउँपालिकाले अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। गाउँपालिकाको खेलकुद विकास समितिले दोस्रो संस्करणको अध्यक्ष कप आयोजना गरेको हो।
घाचोकमा पुस २६ देखि २८ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले उपाधिसँगै ३ लाख रुपैयाँ प्राप्त गर्ने गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन्। उनका अनुसार उपविजेताले २ लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछ।
सेमिफाइनलमा पराजित २ समूहले ५०/५० हजार रुपैयाँ पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले ७ हजार पाउनेछ। उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई ५/५ हजार रुपैयाँ दिइनेछ।
प्रतियोगितामा कम्तिमा गण्डकी प्रदेशका २५ स्थानीय तहको भलिबल समूहले सहभागिता जनाउने अपेक्षा आयोजकको छ। प्रतियोगिता सम्पन्न गर्न १२ लाख ८३ हजार रुपैयाँ लाग्ने अनुमान छ। माछापुच्छ्रे गाउँपालिका भलिबल संघका अध्यक्ष राम पुनका अनुसार टिम दर्ता शुल्क ५ हजार रुपैयाँ रहको छ ।
युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।
पहिलो संस्करणको उपाधि बाग्लुङ गल्कोट नगरपालिकाले निसीखोला गाउँपालिकालाई पराजित गर्दै जितेको थियो। भुर्जुङखोलामा भएको खेलमा उपाधि जितेको गल्कोटले २ लाख र निसिखोलाले १ लाख २० हजार रुपैयाँ प्राप्त गरेका थिए। यसपालिका पुरस्कारको राशिमा वृद्धि गरिएको हो।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने