पोखराको मणिपाल अस्पतालमा उपचारका लागि पुगेका संगम मिश्र सेती पुलमा कपडा छाडेर बेपत्ता भएकोमा आज दिउँसो शव भेटिएको छ ।
उनको शव पोखरा ३ नदिपुर नजिकै सेती नदीमा बीचमा ढुंगामा अड्किएको अवस्थामा केही समय अघि भेटिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
तीन दिनसम्म फेला नपरेपछि कास्की प्रहरीले आज मध्यान्ह १२ बजेदेखि सेती नदी बाँध खोलेर खोजी सुरु गरेको थियो । यस निर्णय प्रभावकारी बनेको कास्की प्रहरी प्रवक्ता एवं डीएसपी श्रवणकुमार बिकले गण्डकन्यूजलाई जानकारी दिए ।
तनहुँ घर भई लामाचौर बस्दै आएका १९ वर्षीय संगम मंसिर २५ गते बेलुकी साढे ६ बजेबाट बेपत्ता भएका थिए । सँगै अस्पताल आएका बुवा हरिप्रसाद मिश्र औषधि लिन गएको बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएका थिए ।
खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको थियो ।
ड्याम खोल्दा नदीमा पानीको बहाव बढ्ने हुँदा शव तैरन सक्ने सम्भावना भएकाले यो उपाय अपनाइएको थियो ।
सम्बन्धित समाचारः
मणिपालमा उपचार गराइरहेका तनहूँका संगम पुलमा कपडा छाडेर बेपत्ता
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने