तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

gold

पोखरा। नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बिहीबार २ हजार ८०० रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds