मणिपालमा उपचार गराइरहेका तनहूँका संगम पुलमा कपडा छाडेर बेपत्ता

सेतीको ड्याम खोलेर खोज्ने प्रहरीको तयारी

मणिपालमा उपचार गराइरहेका तनहूँका संगम पुलमा कपडा छाडेर बेपत्ता

'विहीबार मध्यान्ह १२ देखि ४ बजेसम्म सेती ड्याममुनिका बासिन्दा सतर्क रहनू'

sangam

पाेखरा | उपचारको लागि मणिपाल शिक्षण अस्पताल पुगेका १९ वर्षका संगम मिश्र बेपत्ता भएका छन् ।

तनहुँ घर भइ हाल पोखरा वडा नं. १६, लामाचौर बस्दै आएका संगम आफ्नो बुवा औषधी लिन गएको समयमा  बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

ज्वरो आएपछि उपचारका लागि मणिपाल अस्पतालको आकस्मिक उपचार कक्षमा रहेका संगम मंसिर २५ गते साँझ ६ः३० बजेदेखि बेपत्ता भएका हुन् । चिकित्सकले औषधि ल्याउन भनेपछि संगमका बुबा हरिप्रसाद मिश्र औषधि लिन बाहिर निस्किएका थिए ।

मिश्र हराएको सूचनापछि खोजतलासको लागि गएको प्रहरीको टोलीले नदीपुरतर्फ आउने झुलुङ्गे पुलको बीचमा कपडा र आइडीकार्ड भेटिएको डीएसपी बिकले बताए ।

तीन दिन बित्दासमेत संगमको अवस्था पत्ता नलागेपछि कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. १६ दीपस्थित ड्याममा खोजी गर्ने तयारी गरेको छ ।

‘अस्पतालबाट हराएका मिश्रको खोजतलास गर्ने क्रममा नदीपुरतर्फ आउने पुलमा आइडीकार्ड फेला परेको छ’ – उनले भने, ‘भोलि पोखरा–१६ स्थित ड्याम खोलेर खोजतलास गर्छौं ।’

उनले सेतीको ड्याम खोलेर मिश्रको खोजीकार्य गर्ने जानकारी दिए । प्रहरीले बुधबार सूचना प्रकाशित गरी मंसिर २८ गते विहीबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सेती नदी ड्यामभन्दा तलका नागरिक सतर्क हुन, नदी वरपर नजान आग्रह गरेको छ ।

यस सम्बन्धमा मणिपाल शिक्षण अस्पतालले अहिलेसम्म केही जानकारी दिएको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds