नेपाल हाउस कास्कीद्वारा श्रमिकका सन्तानलाई ब्लाङ्केट प्रदान

नेपाल हाउस कास्कीद्वारा श्रमिकका सन्तानलाई ब्लाङ्केट प्रदान

Lead Photo

पोखरा । नेपाल हाउस कास्कीले जाडोको उपहार स्वरुप २० जना अभिभावलकलाई न्यानो ब्लाङ्केट वितरण गरेको छ ।

नेपाल हाउस सोसाइटी क्यानडाका संयोजक धर्मेन सिंहले नेपाल हाउस कास्कीको १५ औँ स्थापना दिवसको छेको पारेर उक्त ब्लाङ्केट अभिभावकलाई दिएको जानकारी दिएका छन् ।

श्रमिक र मजदुरका २० जना सन्तानलाई नेपाल हाउसले पढाई, खाजा, पोशाक र शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसका लागि नर्वेजियन नागरिक अस्कल भलवर्गले सहायता गर्दै आएका छन् ।

अस्कलले भने – ‘म केवल नेपाली बालबालिकाको अनुहारमा खुशी छचल्किएको हेर्न चाहन्छु जसले मलाइ समाज सेवाको अनुभूति दिने छ । नेपाली श्रमिक अभिभावक जसले आफ्ना बच्चा स्कुल पठाउन सक्दैनन् तिनीहरूका लागि शिक्षामा सघाउनु मेरो कर्तव्य हो ।’

बालबालिकाको मनोविज्ञान बुझेर बाल परामर्शका साथ प्ले थेरापी दिँदै बच्चाको व्यवहार परिवर्तन गर्नु हाउसको मूल उद्धेश्य रहेको छ । गत वर्ष पनि अस्कलको सहयोगी हातको साथ पाएर न्यानो कपडा वितरण गरेको जानकारी नेपाल हाउस कास्कीका कार्यक्रम संयोजक बसन्त सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds