पोखरामा गाईलाई ठक्कर दिएर भागेका बसका चालकलाई तनहुँबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. ३ का वर्ष २८ का रोशन ठकुरी रहेका छन् ।
पोखरादेखि काठमाडौंतर्फ जाँदै गरेको ना५ख २११३ नम्बरको यात्रुवाहक बसले पोखरा महानगरपालिका वडा नं. १० औद्योगिक क्षेत्रस्थित पृथ्वी राजमार्गमा बाटोमा हिँडिरहेको गाईलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गाई तत्काल मरेको थियो । गाईलाई ठक्कर दिएर भागेको बस र चालक ठकुरीलाई तनहुँ प्रहरीको सहयोगमा शुक्लागण्डकी नगरपालिका वड नं. ५ बेलचौताराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका ठकुरीविरुद्ध पशुपंक्षी सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते