पोखरा महानगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापामाथि अपशब्द बोल्दै हातपात गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
शुक्रबार दिउसो साढे १ बजे महेन्द्रपुलस्थित सार्वजनिक स्थानमा सडक पेटीमा रहेका व्यापारिक प्रयोजनको सामाग्रीहरु हटाउने क्रममा थापामाथि हातपात भएको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनका ४५ वर्षीय गोविन्द प्रसाद घिमिरेले विभिन्न किसिमका अपशव्द प्रयोग गरी गालिगलौज र हातपात गरेको भन्दै थापाले उजुरी गरेको कास्की प्रहरीले जनाएको छ ।
आफूमाथि हातपात भएको भन्दै थापाले कास्की प्रहरीमा उजुरी दिएपछि घिमिरेलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
पक्राउ परेका घिमिरेविरुद्ध सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा तथा नैतिकता विरुद्धको कसुर (भद्र व्यवहार) मा दिन सात म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते