रुपाकोट रिसोर्टमा सानिमा बैंकका ग्राहकलाई छुट

छुट सम्झौता

रुपाकोट रिसोर्टमा सानिमा बैंकका ग्राहकलाई छुट

१५ प्रतिशत छुट पाइने

Rupakot Sanima

पोखरा । बेगनास र रुपा तालको शीर रुपाकोट डाँडामा अवस्थित पाँच तारे स्तरको सेवा सुविधा पाइने रुपाकोट रिसोर्टमा ग्राहकले छुट पाउने भएका छन् । तर, सानिमा बैंकको एप् मार्फत् डिजिटल पे गरेको हुनुपर्नेछ ।

सानिमा बैंक र रुपाकोट रिसोर्टबीच सम्झौता पत्र एमओयूमा हस्ताक्षर भएको छ । रिसोर्टका तर्फबाट फाइनान्स डाइरेक्टर दिपेश अधिकारी र बैंकका गण्डकी प्रदेश हेड रामेश्वर खतिवडाले हस्ताक्षर गरी एमओयू आदानप्रदान गरे ।

सम्झौता अनुसार सानिमा बैंकमा खाता खोलेका सेवाग्राहीले रिसोर्टको सेवा लिएपछि डिजिटल पे गर्नुपर्नेछ । रुम, सुइट्स, स्पा, साउना, स्टीम, जासुजीमा १५ प्रतिशत छुट पाइनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ