पोखराको लेखनाथमा सवारी दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५,जिरो बस्ने २४ वर्षीया भावना बराल रहेको कास्की प्रहरीले जनाएको छ ।
पोखराबाट तालचोकतर्फ जाँदै गरेको बि एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
दिउँसो सवा ४ बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएका अनिशा र भावनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । अनिशालाई अस्पताल लग्नेबित्तिकै ४ः३९ बजे मृत घोषण गरिएको थियो ।
भावनालाई पौने ६ बजे चरक अस्पताल रेफर गरिएकोमा सवा ७ बजे उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरु दुवै जना गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी रहेको कास्की ट्राफिक प्रहरी प्रमुख भानु शर्माले जानकारी दिए ।
कार चालक अघौं घर भएका मानबहादुर बानियाँलाई नियन्त्रणमा लिइएको छ । ठक्कर दिएपछि कार पनि सडक छेउमा पल्टिएको थियो । स्कुटर कार मुनि परेको थियो ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो