विगत पनि जाडो याममा चलेको चिया पिउदै समाजसेवा अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।
पहिलो पाईला नेपाल, पोखरा शाखाले चिया पिउदै समाजसेवा अभियान लेकसाइडबाट सुरु गरेको हो । पोखराका विभिन्न ठाउँहरुमा कार्यक्रम एक हप्ताभर चल्ने शाखाकी उपाध्यक्ष निशा पौडेलले जानकारी दिइन् ।
यस अभियानबाट संकलित रकम दुर्गम भेगका निम्न वर्गका विद्यार्थीका लागि प्रदान गरिने उनले जनाईन् । ‘जो शिक्षाको उज्यालोबाट बञ्चित हुनुहुन्छ, उहाँहरुलाई विद्यालयसम्म पुर्याउनु र त्यहाँ पढ्ने वातावरण सिर्जना गर्नु नै अभियानको उद्देश्य हो ।’ पौडेलले भनिन् – ‘विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला अर्थात् झोलाभित्र सम्पूर्ण शैक्षिक सामाग्री, पर्सनल हाईजिनका सामाग्री, टिफिन बाकस, रुमाल आदि) र ‘न्यानो माया अभियान’ अन्तरगत टोपी, स्विटर, ट्रयाक सुट र न्यानो कपडा जो जाडोको समयमा एक सरो न्यानो कपडा फेर्न सक्दैन । उनीहरुको लागि वितरण गरिनेछ ।’
संस्थाका निवर्तमान अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य रञ्जित दनैका अनुसार यसअघि पनि संस्थाले विभिन्न ठाउँहरुमा विभिन्न शैक्षिक अभियान, भाग्य बोक्ने झोला अभियान, स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम, सरसफाई कार्यक्रम र दैवीप्रकोप बाढी, पहिरो, भुकम्पको बेला राहत र उद्धार गर्दै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने