भूकम्प पीडितलाई फेवा वेगनास चौतारीको सहयोग

भूकम्प पीडितलाई फेवा वेगनास चौतारीको सहयोग

fewa begnas

पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले भूकम्प पीडितलाई न्यानो कपडा सहयोग गरेको छ ।

क्लबले जाजरकोट केन्द्रबिन्दु भई कार्तिक १७ गते गएको विनाशकारी भूकम्पबाट पीडित बनेकालाई ८५ हजार रुपैयाँ बराबरको सहयोग गरेको क्लबका अध्यक्ष टिकाबहादुर लम्सालले बताए ।

भूकम्प प्रभावित रुकुम जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर १४ मा पुगेर नगर प्रमुख रवि के.सी.लाई सहयोग हस्तान्तरण गरिएको अध्यक्ष लम्सालले बताए ।

’भूकम्पका कारण समस्यामा परेर यो जाडोमा खुल्ला आकाशमुनि बस्न बाध्य भएका पीडितहरुको दुःखमा साथ दिने हेतुले ८५ हजार रुपैयाँ बराबरको जाडोमा लगाउन मिल्ने न्यानो कपडा सहयोग गरेका हौं’ उनले भने ।

भूकम्पले घर भत्काएपछि पीडितहरु बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

लायन्स क्लब अफ इन्टरनेशनल डिष्टिक ३२५ ‘जे’ नेपालमा रहेको क्लबले निरन्तर रुपमा सामाजिक कार्यमा सहयोग गर्दै आएको अध्यक्ष लम्सालको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ