पोखरा । राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयका प्रमुख पत्रकार वासुदेव पौडेल नगदसहित सम्मानित भएका छन् ।
नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा पौडेललाई नगद २५ हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो । पत्रकार पौडेल यसअघि दर्जनौं पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेका छन् ।
गण्डकी प्रदेश सरकारका अर्थ मामिलामन्त्री जीतप्रसाद आलेले प्रमुख पौडेललाई सम्मानित गरेका हुन् । मन्त्री आलेले पत्रकारितामार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गरेकामा पत्रकार पौडेललाई बधाई ज्ञापन गरे ।
मन्त्री आलेले गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विगतमा कोभिड लगायतका कारण पर्यटन क्षेत्र प्रभावित बनेपनि अब त्यसको प्रभाव घट्दै गएकोले पर्यटन प्रवद्र्धनका गतिविधि अघि बढाउनुपर्ने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटनका माध्यमबाट गण्डकी प्रदेशलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन सकिने बताउँदै सरकारको बजेटमा पर्यटन प्रवर्द्धन र विकासमा जोड दिनुपर्ने बताए । पोखरा–मुग्लिन सडक निर्माणको ढिलासुस्तीले पोखराको पर्यटनलाई प्रभावित बनाएको बताउँदै उनले यसलाई यथासीघ्र सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले सवारी यातायातमा इम्बोष्ड नं राख्ने नाममा पर्यटक यातायातको पहिचान नै हराउने होकी भन्ने चिन्ता बढाएको बताउँदै पहिचान कायम हुनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष बेदराज बास्तोलाले पर्यटक यातायात व्यवसाय जोखिमयुक्त व्यवसाय भएको बताउँदै अव्यवस्थित सडक, बैंकको बढ्दो ब्याजदर लगायतका कारण व्यवसाय नै समस्यामा गुज्रीरहेको बताए ।
कार्यक्रममा नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बोबरजंग गुुरुङ, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् सल्लाहकार सोमबहादुर थापा, पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई लगायतले सरकारको पर्यटनमैत्री नीति आवश्यक भएकोमा जोड दिए । उक्त अवसरमा संघका सल्लाहकार गणेशबहादुर सापकोटा, सवारी चालकद्वय राजकुमार परियार र सूूर्यबहादुर विश्वकर्मालाई पनि सम्मान गरिएको थियो ।
संघका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक दुुर्गादत्त दहाल र सञ्चालन विकास कडेलले गरेका थिए ।
अधिवेशनले दुर्गादत्त दहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा बाबुराम पाण्डे, प्रथम उपाध्यक्षमा रविप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा सूूर्यबहादुर घले, महासचिवमा विकासप्रसाद कंडेल, सचिवमा श्यामप्रसाद लामिछाने, कोषाध्यक्षमा शोभाखर तिवारी र सह कोषाध्यक्षमा भुवानीप्रसाद अधिकारी रहेका छन् ।
समितिका सदस्यहरूमा संगीता अधिकारी, सुमन कुँवर, आनन्दराज अधिकारी रहेका छन् । दुुईजना सदस्य पछि मनोनयन गरिने छ ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर