नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नियमानुसार ६ वर्षपछि नेपाललाई हस्तान्तरण गर्नुपर्ने एनसेल अहिले खरिदविक्री हुनु बदमासी काम भएको बताएका छन् ।
उनले एनसेलको शेयर खरिदबिक्रीमा बद्मासी गर्नेलाई दण्डित गर्नुपर्ने बताए । पार्टी निकट समाजवादी प्रेस संगठन, कास्कीले शनिबार विहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा नेपालले चलखेल गर्न खोजिएकोमा आपत्ति जनाए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले भने– ‘यो किनबेच नेपाललाई ६ वर्षपछि हस्तान्तरण गर्न पन्छाउने काम हो । पहिल्यै थाहा पाएर आँखा चिम्लन हुँदैन । कारोबारमा भएको बद्मासीलाई छानबिन गरेर कारबाही गर्नुपर्छ ।’
ब्याजदर घटाएर मात्र हुँदैन, लगानीकर्ता वा ऋणीलाई सहुलियत दिनुपर्छ
नेपालले पछिल्लो समय ऋण नतिर्ने भन्दै आन्दोलन भैरहेकोमा असन्तुष्टि जनाएका छन् । अर्थतन्त्रमा केही समस्या भएको तर थोरै समस्या भएको भनेर चित्त बुझाउने ठाउँ नरहेको बताए ।
समस्यामा रहेका व्यवसायी र लगानीकर्तालाई सरकारले पहल गरेर सहुलियत दिइनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । उनले भने, ‘अर्थतन्त्र कामचलाउ छ भनेर चित्त बुझाउने ठाउँ देखिँदैन । अर्थ व्यवस्था सञ्चालनमा त्रुटि छ भनेर हेर्नुपर्छ । व्यवसायीको हालत खराब भएको छ, ऋण तिर्न नसकेर धेरै मान्छे संकटमा परेका छन् । व्याजदर घटाउने मात्र होइन, ऋण लिएकाको चुक्ता गरेर, ब्याज घटाएर हुन्छ कि लगानीकर्ता वा ऋणीलाई सरकारले सहुलियत दिइनुपर्छ ।’
जनताका पीडा समाधान गर्ने गरी सरकारले काम गर्नुपर्नेमा उनको जोड दिए । बेथिति र विसङ्गति अन्त्यका लागि पटक–पटक आफ्नो पार्टीले सरकारको ध्यानाकर्षण गराउँदै आएको उनको भनाइ छ । उत्पादन वृद्धि गर्ने र युवालाई स्वदेशमै रहने वातावरण निर्माण गरिनुपर्नेमा उनले जोड दिए । एकीकृत समाजवादी चुनौती सामना गर्ने आँट राखेर सबै शक्तिलाई एकताबद्ध बनाएर अघि बढिरहेको उनको भनाइ छ ।
‘हामी कसैप्रति आग्रह पूर्वाग्रह राख्दैनौँ । हाम्रो निम्ति राष्ट्र र जनता नै मूल कुरा हुन् । राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको प्रवर्द्धन र स्वाभिमानको रक्षा हाम्रो निम्ति मुख्य कुरा हुन्’, उनले भने ।
अर्को समाचारः
गण्डकीमा सहमति बमोजिम मनाङेलाई मन्त्री नबनाइएकोमा माधव नेपाल असन्तुष्ट
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने