पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत पुरुष एकलतर्फ एलेक्सी सिबाएभ र महिला एकलतर्फ जापानकी उता आसाकुरा च्याम्पियन भएका छन् ।
पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा एलेक्सले नेपाली मुलका अमेरिकी खेलाडी आरब सम्राट हाडालाई ६–३, ६–२ ले पराजित गर्दै प्रथम भए । महिलातर्फ आसाकुराले भारतकी अर्जान खोराकीवालालाई ६–२, ६–३ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गर्न सफल भइन् । यि दवै खेलाडी जे–३० को सर्किट वानमा पनि विजयी भएका थिए । जित संगै उनीहरुले आइटीएफको महत्वपूर्ण ३०–३० अंक प्राप्त गरेका छन् ।
विजयी खेलाडीहरुलाई एक समारोहका विच प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेल, विशेष अतिथि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, टुर्नामेण्ट डाइरेक्टर अजय विष्ट, आइटीएफ प्रतिनिधी प्रविण कुमार नायक, कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्ग, उपाध्यक्ष नविन चालिसे, कोषाध्यक्ष अनुज कुमार बाँस्तोला, सदस्य विष्णुबहादुर थापा, नेपाल टेनिस संघका सदस्य जयजिव हाडा लगायतले मेडल प्रमाणपत्रले पुरस्कृत गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड गण्डकीका नविन पोखरेलले सहभागि खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै जित हार खेलको एक पक्ष भएपनि सहभागिता महत्पूर्ण हुने औंल्याए । उनले विभिन्न राष्ट्रबाट आएका खेलाडी, अभिभावक तथा उनीहरुका प्रशिक्षकको सहभागिताले पोखराको पर्यटन चलायमान बनेको जनाए ।
यस्ता प्रतियोगिताहरुले नेपालको खेल पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने जनाउँदै प्रतियोगिताको निरन्तरताको कामना गरे । साथै प्रतियोगिता निरन्तरताका लागि सरोकारवाला पक्षले आयोजक संघसंग हातेमालो गर्नुपर्नेमा जोड दिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने