नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अहिले देखिएको ओरालो लाग्दो अवस्था सुधार्न एमालेको बहुमतको सरकार आवश्यक परेको बताएका छन् ।
एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को नवौं दिनमा पोखरा २७ तालचोकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।
अहिले सम्पूर्ण शक्ति एकातिर लागेर गठबन्धन मार्फत सरकार सञ्चालन गरेपनि उनीहरुले एमालेको मात्र विरोध गर्ने गरेको ओलीको आरोप छ । वर्तमान सरकारले विकास निर्माण र जनताका सरोकारमा कुनै ध्यान दिन नसकेको ठोकुवा समेत गरें । एमालेको सरकारको पालामा जनतामा आशाको सञ्चार जागृत गराएको भन्दै उनले एमाले बाहेक अरु कसैले देश बनाउन नसक्ने समेत दावी गरे ।
‘एमाले बाहेक अरु कसैले यो देश बनाउन सक्दैन, यो त स्पष्ट भैसक्यो, भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ, हामी बाहेक सबै एकजुट भएर लागेकै छन्, उनीहरुको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो, विकास निर्माण होइन, जनताकासँग सरोकार छैन, राष्ट्रियताको पक्षमा उनीहरु शिर निउ¥याउँछन् ।’ उनले भने ।
अहिले देखिएको अवस्थामा सुधार ल्याउनका लागि एमालेको एकल बहुमत आवश्यक पर्ने भएकोले एमालेले मिसन ८४ अगाडि बढाएको उनले खुलाए । एमालेको एकल बहुमतको सरकार बनेमा ओरालो लाग्दोे अवस्थामा रहेको देशको सम्पूर्ण क्षेत्रलाई रोकेर सकारात्मक दिशामा अगाडि बढाउदै नयाँ आशाको सञ्चार गराउने उनको भनाई थियो ।
‘मिसन ८४ किन अगाडि बढाइयो भन्दा समृद्ध नेपाली सुखी नेपाली बनाउनका लागि हो, देशको सम्पूर्ण क्षेत्रको अहिलेको दयनिय तथा ओरालो लाग्दो अवस्थालाई रोकेर फेरि सकारात्मक दिशामा फर्काउनको लागि एमालेको एकल बहुमत आवश्यक छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको छ’ उनले प्रष्ट पारे ।
आफूहरुले निर्माण गर्न खोजेको गन्तव्यमा पुर्याउन सबै जनता सचेत, संगठित र आन्दोलित हुनुपर्ने उनको भनाई छ । अहिलेको सरकार र सरकारमा हुने पार्टीबाट भने देश निर्माण गर्ने काम पुरा नहुने उनको ठोकुवा छ । एमालेलाई एकल बहुमतको सरकार निर्माण गर्ने प्रयासको थालनीको रुपमा संकल्पयात्रालाई अगाडि बढाइएको उनले खुलाए ।
‘अहिले जनतासँग भेटघाट गर्ने, पाटीपंक्ती जनातका बिचमा जाओस् जनताका बिचमा पुगोस् सचेत संगठीत गराओस् आन्दोलित गराओस् राजनीति मात्र होइन अब विकास निर्माण र जनताका जिबिकाका सबालमा पनि पाटीले नेतृत्व गरोस् भन्ने सन्देश जनता र पार्टीपक्ति दुवैमा दिनको लागि हो’ उनले थपे ।

संकल्पयात्रा निकै महत्वपूर्ण बनेको उनको भनाई छ । यात्राका क्रममा भेटघाट मार्फत समस्या बुझ्ने, सुन्ने, मागहरु संकलज गर्ने मात्र नभएर तीनको समाधान कसरी गर्ने चिन्तन मनन छलफल गर्ने गरेको समेत खुलाए । यात्राका क्रममा देखेका, भोगेका, सुनेका, भनेका सबै विषय काठमाण्डौं पुगेपछि सम्बोधन गरिने भनाई ओलीको छ । कतिपय जनताले एक वा दुई शब्दमा आफुसँग गुनासो राख्ने गरेको भन्दै त्यस्ता सबै गुनासो नोट गरेर राखेको समेत बताए ।
सम्बोधनका क्रममा पोखरामो सुन्दरताससँगै यो क्षेत्रको कला, साहित्य, संगीतको विषयमा समेत चर्चा गरें । पोखरालाई नेपालको पर्यटकिय राजधानी समेत भन्ने गरिएको भन्दै उनले मुग्लिन–पोखरा सडकखण्डमा भैरहेको ढिलाईप्रति समेत चिन्ता व्यक्त गरें । कुनै समय पोखरा सुन्तलाको लागि प्रसिद्ध रहेको बताएको उनले यहाँको फाँटमा फल्ने जेठोबुढो धानको समेत तरिफ गरें ।
एमाले कास्कीका सचिव वैनबहादुर अधिकारी क्षेत्रीले सञ्चालन गरको कार्यक्रम मार्फत अध्यक्ष ओलीलाई स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले मायाको चिनो र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सारंगी उपहार स्वरुप हस्तान्तण गरिन् । हातमा सारंगी पर्नासाथ अध्यक्ष ओलीले सारंगी बजाउदै उक्त बाजा प्रतिको आफ्नो मोह देखाएका थिए ।
अध्यक्ष ओलीले सम्बोधन अगाडि संकल्पयात्राका नवौं दिनमा यात्राको थालनी पोखरा महानगरपालिका वडा नम्बर ७ मा पुष्पलाल पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गरेका थिए ।

त्यसपछि अध्यक्ष ओली सहितको यात्राको टोली जिरो किमी, सृजनाचोक, पृथ्वीचोक, अम्मरसिंहचोक, औद्योगिक क्षेत्र, चाउथे, विजयपुरमा उपस्थित पार्टीका कार्यकता र शुभचिन्तकसँग भेटघाट गर्दै तालचोकमा पुगेको थियो । तालचोकमा ओलीलाई बाजा बजाएर स्वागत गरे ।
तालचोकको कार्यक्रम पश्चात रुपागाउँपालिको तालबेसी, पिपलेबजारहका कार्यक्रममा सहभागी बनी टोली लमजुङ तर्फ लाग्यो ।
संकल्पयात्राको टोली बिहीबार साँझ कास्की आएको हो । कास्कीको नयाँपुल, नौडाँडा हुँदै हेम्जामा आएपछि अध्यक्ष ओलीले बिहीबार बेलुका सम्बोधन गरेका थिए ।
पोखरा बसाइँका क्रममा ओलीले विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट र छलफल समेत गरेको एमाले कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने