कृष्णभीरमा कलाकार प्रकाश ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ

शंकास्पद मृत्यु

कृष्णभीरमा कलाकार प्रकाश ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ

बस धनी, चालक र २ सहचालक प्रहरी नियन्त्रणमा

prakash-dhakal-1700470612

धादिङमा मृत भेटिएका कलाकार प्रकाश ढकालको घटना प्रकरणमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत मंसिर ३ गते बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा ढकाल मृत फेला परेका थिए। उनको मृत्यु भएपछि प्रहरीले बस चालकसहित चार जनालाई पक्राउ गरेको हो।

बस चालक, साहु र दुई जना सहचालकसँग विवाद भएपछि ढकाललाई रातिको समयमा घटनास्थल नजिकै छाडेर गएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।

यसरी रातको समयमा छाडेपछि ढकालको मृत्यु भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्‍धान गरिरहेको हो।

ढकालको शव कृष्णभिरस्थित त्रिशूली नदी किनार खोँचमा फेला परेको थियो। उनी स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन्। उनी काठमाडौं बस्ने गर्दथे। स्याङ्‍जाबाट काठमाडौं फर्किने बेलामा उक्त घटना भएको हो।

त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव मंसिर ४ गत बाहिर निकालिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ