बुटवलबाट पोखरा आउँदै गरेको ट्रक स्याङ्जामा दुर्घटना

दुर्घटना

बुटवलबाट पोखरा आउँदै गरेको ट्रक स्याङ्जामा दुर्घटना

चालक घाइते

syangja truck

स्याङ्जा । बुटवलबाट पोखरा आउँदै गरेको मिनि ट्रक स्याङ्जामा दुर्घटनामा परेको छ ।

लु२ख ५७५५ नम्बरको ट्रक पुतलीबजार नगरपालिका वडा नं. १० बरजास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्रक चालक पाल्पाको तानसेन नगरपालिका वडा नं. ७ धोबीघाट निवासी ३२ बर्षका केशव घिमिरे घाइते भएका छन् ।

उनको हाल जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था मध्यम रहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

ट्रक सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । उक्त ट्रकमा चालक मात्र रहेको र उनको ढाड र बायाँ खुट्टामा चोट लागेको रानाले जानकारी दिए ।

दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ