पोखराको नागढुंगामा रहेको अत्याधुनिक सुविधासम्पन्न चरक हस्पिटल प्रालिले विविधि कार्यक्रमका बीच आफ्नो ११ औं वार्षिकोत्सव मनाएको छ ।
हस्पिटलले स्वास्थ्य क्षेत्रसँगै सम्बन्धित रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ५५ जनाले रक्तदान गरे । उत्साहजनक तबरले रक्तदाताहरु कार्यक्रममा सहभागी भए ।
लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एमका ब्लड डोनेशन चिफ ठाकुरप्रसाद अधिकारीले पहिलो रक्तदाता लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेका अध्यक्ष ई. अमिर भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

रक्त सञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोग, लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे र लायन्स क्लब अफ पोखरा नर्सेसको सहकार्यमा कार्यक्रम भएको पिआरओ सोबित सुवेदीले जानकारी दिए ।
लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एमका एफडब्लूसी डिस्ट्रिक्ट कोओर्डिनेटर अर्जुन थापाले सञ्चालन गरेको कार्यक्रममा लायन्स क्लब अफ पोखरा नर्सेसका अध्यक्ष हेमा गुरुङले स्वागत मन्तव्य राखिन् ।



दृष्टिविहीनलाई ६० हजार बराबरको सामाग्री प्रदान
यसैबीच, वार्षिकोत्सवकै अवसरमा अर्को पूण्यको काम पनि चरक हस्पिटलले गरेको छ ।
हस्पिटलले पोखरा महानगरपालिका वडा नं. २९, घोतघोतेमा रहेको दृष्टिविहीन निवासमा तिहारमा भएको भएको आगलागीबाट पीडितलाई सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।

हस्पिटल परिसरमै आयोजित कार्यक्रममा हस्पिटल प्रालिका अध्यक्ष रामचन्द्र रेग्मी, प्रवन्ध निर्देशक कपिल पोखरेलले अपांग मैत्री समाज, दृष्टिविहिन आश्रमका ईञ्चार्ज शुशिल गोदारलाई ६० हजार बराबरको सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।
दृष्टिविहीनले विक्री गर्ने सामानहरु अगरबत्ती, कपुर, कलम, डायरी लगायतका सामानहरु हस्पिटलले सहयोग गरेको हो ।

गत कार्तिक २९ गते दृष्टिविहीन समूह देउसीभैलो खेल्न निस्कँदा राति ९ बजेतिर आश्रममा आगलागी भएको थियो । नगद ८ लाखसहित करिब ३० लाखजतिको विक्री सामान र ५ कोठे एक तले घर जलेर नष्ट भएको थियो । आश्रममा रहेका ३० जना अहिले पोखरा २६ स्थित नेत्रहीन कास्कीको कार्यालयमा बस्न बाध्य भएको गोदारले बताए । उनले हस्पिटलले सहयोग गरेकोमा खुशी व्यक्त गरे ।
व्यापार मेलामा टिकट काट्नेमध्ये २ जनालाई निःशुल्क फूल बडी चेकअप, अन्यलाई १० प्रतिशत छुट
यस्तै, पोखरामा आजदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा हस्पिटलले स्टल समेत राखेको छ । हरेक दिन टिकट काट्नेमध्ये गोलाप्रथाद्वारा २ जना छनौट गरी फूल बडी चेकअप निःशुल्क गरिदिने कार्यालय प्रशासक प्रदीप शर्माले जानकारी दिए ।
यसैगरी, स्टल भिजिट गरी पर्चा लिएर हस्पिटल पुग्नेलाई माघ मसान्तसम्ममा १० प्रतिशत छुट दिने पनि हस्पिटलले जनाएको छ ।

थप तस्वीरहरूः






सम्बन्धित समाचारः
पोखराको स्वास्थ्य क्षेत्रमा नयाँ ईंटा
गण्डकी प्रदेशमै पहिलोपटक चरकमा ‘ओपन हर्ट सर्जरी’
डा. अनिल भट्टराई नेतृत्वको टोलीद्वारा सफल शल्यक्रिया
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो