पोखरा । कास्कीको धार्मिक पर्यटकीय स्थल पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता हुने भएको छ । पञ्चासे आदर्श क्लबको आयोजनामा मंसिर २३ देखि २५ गतेसम्म १२ औं पञ्चासे बालाचतुर्दशी मेला तथा वडा स्तरिय भलिबल प्रतियोगिता हुन लागेको हो ।
मेलालाई आकर्षक बनाउनका लागि विभिन्न खेल प्रतियोगिताको आयोजना गरिएको पञ्चासे आदर्श क्लबका अध्यक्ष दिनेश गुरुङले बताए । उनका अनुसार वडा स्तरिय भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता समेत हुनेछ ।
मुख्य आकर्षक भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद ७७ हजार रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक आयुष गुरुङले जानकारी दिए । त्यस्तै दोस्रो हुने टिमले नगद ४४ हजार रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले बताए ।
जैविक विविधताको धनी पञ्चासे क्षेत्रमा बाला चतुर्दशीका दिन सतबिज छर्ने भक्तजनको भिड लाग्ने हुँदा यहाँको छुट्टै पहिचान रहेको मेलाका प्रचारप्रसार संयोजक इश्वर घलेले बताए । बाला चतुर्दशी मेलालाई निरन्तरता दिँदै थप आकर्षण बढाउन खेल प्रतियोगिताको आयोजना गरिदै आएको उनको भनाई छ ।
पोखराबाट नजिकै रहेको शान्त जहाँ हरियाली जंगल र योगाको लागि उपयुक्त उत्कृष्ट पर्यटकीय गन्तव्य नै पञ्चासे रहेको निलगगन विकास समाजका अध्यक्ष बैकुण्ठ पौडेलले बताए । ‘सुनाखरीको राजधानी भनेर पनि पञ्चासेलाई चिनिन्छ । जैबिक फूलबारी मानिएको पञ्चासेमा थरिथरिका चरा, सुनगाभा र जडीबुटी पाइन्छ । विशेषगरि प्राकृतिक सौन्दर्यता नियाल्न पनि पञ्चासे एक पटक आउनुपर्छ ।’ पौडेलले भने ।
पञ्चासे २,५१७ मिटर उचाइमा छ । अग्लो डाँडा भएकाले त्यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि, लमजुङ र मनास्लु हिमालको दृष्यावलोकन गर्न सकिन्छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने