बागलुङ । आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा ‘बागलुङ महोत्सव २०८०’ हुन लागेको हो ।
महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।
महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुर्याउने अध्यक्ष कँडेलले बताए । पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएको हुँदा महोत्सवले आर्थिक बजारलाई चलायमान बनाउने उनको भनाइ छ । महोत्सवमा १२० भन्दा बढी स्टलहरुमार्फत मेलामा राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिने उनले बताए ।
हरेक तीन/तीन वर्षमा गरिँदै आएको महोत्सव अघिल्लो पटक कोभिड–१९ का कारण प्रभावित भएको थियो । महोत्सव पर्ने अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा धेरैभन्दा धेरै पर्यटकहरुलाई बागलुङ भित्राउने लक्ष्य रहेको उनी बताउँछन् । सो अवसरमा सर्वाधिक राशीको पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य, दोहोरी गीतलगायतका एक दर्जन प्रतियोगिता आयोजना गरिनेछ ।
‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने मूल नाराको साथ आयोजना हुन लागेको महोत्सवले बागलुङलाई व्यवसायिक गन्तव्य बनाउन र समग्र धौलागिरि क्षेत्रमा पर्यटक भित्राउन मद्दत पुग्ने उनी बताउँन् ।
उनले भने, ‘कोभिड–१९ पछि बागलुङको व्यापार खस्कँदै गएको छ । व्यापार बढाउन, यहाँका कला संस्कृतिको प्रवद्र्धन, आन्तरिक तथा बाह्य पर्यटकको भित्राउनका लागि महोत्सव कोशेढुङ्गा सावित हुने अपेक्षा छ । घरेलु उत्पादन, कृषि उत्पादन, जडीबुटी र हस्तकलाका वस्तुहरुको समेत प्रवर्द्धन गर्ने लक्ष्य राखेका छौँ ।’
सम्बन्धित खबर
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे
बागलुङका १०६ खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटियो
बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिँदै, शर्मा र शाक्यबीच नेतृत्त्वमा होडबाजी
बागलुङको लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध