पोखरा । एनसेलले खरिदबिक्रीमा सरकार मौन बसेको भन्दै नेकपा एमालेनिकट अनेरास्ववियुले पोखरामा विरोध प्रदर्शन गरेको छ ।
एनसेलको सिर्जनाचोकस्थित कार्यालयअघि अनेरास्ववियु कास्की र पोखरा महानगरपालिका कमिटीले नाराबाजीसहित प्रदर्शन गरेको हो ।
सहभागीले नालायक सरकार मुर्दाबाद, कर छल्नेलाई कारबाही गर, एनसेल किनबेचको छानबिन गरलगायत नारा लगाएका थिए । अनेरास्ववियुले एनसेल कार्यालयअगाडि सिमकार्ड बहिष्कार आव्हान गर्दै ब्यानर टाँसेर छोडेको छ ।
कार्यक्रममा जिल्ला अध्यक्ष सन्तोष पोखरेल, महानगर कमिटीका अध्यक्ष डि.एन लामिछाने, अनेरास्ववियु केन्द्रिय कमिटी लेखा आयोग सचिव अन्जली लम्साल, लेखा आयोग सदस्य कुमार गौतम, केन्द्रिय सदस्य बिष्णु पोखरेल, रोशन भट्टराईलगायत अनेरास्ववियु प्रदेश र जिल्ला कमिटी नेता/कार्यकर्ताको उपस्थिति थियो ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते