सल्यान । सल्यानमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
सिद्धकुमाख गाउँपालिका–३, उचाल्नेका ४५ वर्षीय डम्मर सार्कीले गए राति ४० वर्षीया श्रीमती सितली सार्कीको धारिलो हतियार बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
धारिलो हतियार प्रहारबाट सितली सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले रगत लागेको बन्चरो र दाउरासमेत बरामद गरेको छ । प्रहरीले उनीहरुका नाबालक छोराहरुसँग कुरा बुझ्दा बाबुले मदिरा सेवन गर्ने र आमासँग बेलाबेला झगडा गर्ने गरेको जनाएको छ ।
मृत सितलीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको र हत्याको मुख्य कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते