पोखरा। नेपाली काँग्रेस कास्कीको एक टोली भुकम्प प्रभावित क्षेत्रतर्फ मंगलबार प्रस्थान गरेको छ ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको नेतृत्वमा पार्टी सचिव देवेन्द्र रानाभाट, सहसचिव नविन सिग्देल र जिल्ला सदस्य बाबुराम गिरीको टोली नगद रकम र लत्ताकपडा सहित जाजरकोट प्रस्थान गरेको हो ।
कास्की काँग्रेसका कार्यकर्ता र शुभेच्छेकहरुबाट संकलित ८ लाख दुई हजार ८ सय ८२ रुपैया नगद र ५७ हजारको बराबरको लत्ताकपडा लिएर त्यस तर्फ प्रस्थान गरेका हुन् ।
उक्त रकम जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जाजरकोट प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
टोली बुधवार जाजरकोट पुग्ने र राहत रकम तथा लत्ताकपडा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिनेछ ।
गत कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निट्युडको भुकम्प जाँदा ठूलो जनधनको क्षति भएकाे थियो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते