पोखरा । रुसी सेनामा भर्ना भएर युक्रेन विरुद्ध लडेका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जसमध्य गण्डकी प्रदेशका मात्र ३ जना युवा रहेका छन् ।
यसअघि हालसम्म चार जना नेपालीको रुसी सेनामा भर्ती भएर मृत्यु भएको सार्वजनिक भएको थियो । तर सोमबार मन्त्रालयले ६ जना नेपालीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।
मृत्यु हुनेमा गण्डकी प्रदेश कास्की पोखरा–१३ कमलपोखरीका २६ वर्षीय देवान राई, गोरखा सिरानचोक गाउँपालिका–८ जौबारी लाङ्दीका ३१ वर्षीय सन्दिप थपलिया स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की रहेका छन् ।
यस्तै, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रुपक कार्की, दोलखा मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तानको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले उक्त शव नेपाल पठाउन औपचारिक रुपमा आग्रह गरेको छ । लामो समयदेखि रुस र युक्रनबीचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका ६ नेपालीको मृत्यु भएपनि सरकाले शव पठाउन पहिलोपटक औपचारिक रुपमा आग्रह गरेको हो । परराष्ट्रका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन् । उनलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ ।
द्धन्द्धग्रस्त देश रुस र युक्रनमा नजान सरकारले पटक–पटक आग्रह गर्दै आइरहेको भएपनि नेपालीहरु पर्यटक भिषामा दुबई र छिमेकी मुलुक भारत भएर रुस र युक्रेनमा सेनामा भर्ना हुने क्रम रोकिएको छैन ।
परराष्ट्र मन्त्रालयले रुसलाई नेपाली नागरिकलाई सेनामा भर्ना नलिन आग्रह समेत गरेको छ । नेपाली नागरिकलाई सेनामा भर्ना नलिन र भर्ना भएका भए त्यस्तो नागरिकलाई नेपाल फिर्ता पठाउन रुस सरकारसँग सरकारले आग्रह गरेको छ । साथै, कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन
भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीसँग आज भेटवार्ता
बिम्स्टेक शिखर सम्मेलन सुरू, सँगै उभिए ओली र मोदी
नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर